एसियामा मानवअधिकार रक्षकविरूद्ध जारी अधिकार उल्लङ्घनका प्रवृत्तिलाई
सम्बोधन गर्नुप्न आवश्यकता र हरेक मानिसको मानवअधिकारको
संरक्षण र परिपूर्तिको सुनिश्चितता का लागि उनीहरूको महत्वपूर्ण भूमिकालाई
फोरम एसिया मनन गर्दछ ।
यसका लागि फोरम एसियाले, सामान्यत: मानवअधिकार रक्षकसम्बन्धी घोषणापत्र
भनिने गरेको विश्वव्यापी रूपमा मान्यताप्राप्त मानवअधिकार र मौलिक स्वतन्त्रताको
प्रवर्धन तथा संरक्षण गर्न व्यक्ति, समूह तथा समाजका अंगहरूको अधिकार तथा
उत्तरदायित्वसम्बन्धी घोषणापत्रको वर्णनकारी हातेपुस्तिका तयार गरेको छ ।
यो हातेपुस्तिका मानवअधिकार रक्षकहरूको भूमिका र अधिकारका साथसाथै उनीहरूप्रति
अन्यको उत्तरदायित्व, र तिनको सुरक्षा बढाउनका लागि व्यावहारिक सूचना उपलब्ध
गराउने कुरालाई जोड दिनमा लक्षित छ ।